
काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ। ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपूर्ति गर्ने उदेश्यको साथ बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ।
यस अन्तर्गत बैंकले प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था गरेको छ।
यस्तै वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशनरबन्द गर्नरपासवर्ड रिसेट, मेरो सेयरको रजिष्ट्रेशन, नविकरण, पासवर्ड रिसेट, सिआरएन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्तारपासवर्ड रिसेट जस्ता सेवा प्राप्त गर्न सक्ने जनाएको छ।
प्रकाशित: २ असार २०७९, बिहीबार