नथिङ फोन १ को डिजाइन बाहिरियो, फोन पारदर्शि नहुने

  • Technology Khabar | २ असार २०७९, बिहीबार

काठमाडौं ।

नथिङ फोन १ को डिजाइन टेक स्टार्टअप कम्पनीले खुलासा गरेको छ। यस अघि बाहिरिएको तस्बिर अनुसार नथिङ फोन १ मा ट्रान्सप्यारेन्ट ब्याक देखेका थियौं। तर फोनको पछिल्लो भाग पूर्ण रुपमा ट्रान्सप्यारेन्ट अर्थात पारदर्शि नहुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

नथिङ फोन १ को चार्जिङ क्वाइल मात्र ट्रान्सप्यारेन्ट हुनेछ।

फोनको पछाडिको बाँकी भाग कभर गरिएको हुनेछ। माथिल्लो बायाँ कुनामा डुअल क्यामरा सेटअप र तल्लो भागमा नथिङको लोगो देख्न सकिन्छ।

क्यामराको र चार्जिङ कोइल वरिपरि धेरै लाइट अप स्ट्रिपहरु छन्। जसलाई रियल लाइफमा हेर्दा रोमान्चक अनुभुक्ती प्राप्त हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

नथिङ फोन १ क्वालकम स्न्यापड्रागन ७ जेन १ चिप सेट सहित डेब्यू गर्नेछ। फोनमा नथिङ ओएसको एन्ड्रोइड १२ अपरेटिङ सिस्टम छ। फोनमा ४५०० एमएएचको ब्याट्री छ।

नथिङ फोन १ मा ६.५५ इन्चको एफएचडी प्लस ओएलईडी स्क्रिन रहेको जसले ९० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनमा ७ जेनेरेसन १ प्रोसेसर छ। मिड रेजको स्मार्टफोनमा ५० मेगाफिक्सलको मुख्य क्यामरा छ।

यूएसबी टाइप सी चार्जिङ पोट भएको फोनले ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन जुलाई १२ मा सार्वजनिक हुँदैछ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया