काठमाडौं ।
मोटोरोलाको आउँदै गरेको मोटो जी३२ स्मार्टफोनलाई थाइल्याण्डको एनबीटीसीले सर्टिफिकेशन प्रदान गरेको छ।
कम्पनीले यसअघि गत वर्ष मोटो जी३० र जी३१ सार्वजनिक गरेकोमा त्यसैको लाइनअपमा आउन लागेको जी३२ लाई उक्त सर्टिफिकेशन प्राप्त भएको हो।
मोटोरोला मोटो जी३२ थाइल्याण्डको आधिकारिक वेबसाइटमा एक्सटी२२३५-३ मोडलका रुपमा सूचीकृत गरिएको छ।
यसबाट उक्त फोनमा फाइभजी नभई फोरजी मात्र उपलब्ध रहेको बुझ्न सकिन्छ।
उक्त सूचीकरणमा मोटो जी३२का कुनै पनि स्पेसिफिकेशन उल्लेख गरिएको छैन। तर यसअघि आएका रुमरहरुका अनुसार मोटो जी३२ यही जुलाईमा भारतमा सार्वजनिक हुने जीएसएमएरिनाले लेखेको छ।
यो डिभाइस पछिल्लो महिना यूरोपमा सार्वजनिक भएको ई३२को रिब्रान्डेड मोडलका रुपमा आउने बुझिएको छ।
यदि ती रुमरहरु साँचो भएको खण्डमा यो डिभाइसमा यूनिसोक टी६०६ चिपसेट, एन्ड्रोइड ११ अपरेटिङ सिस्टम, ४ जीबी र्याम तथा ६४ जीबी आन्तरिक मेमोरी रहनेछ।
जीएसएमएरिनाका अनुसार मोटो जी३२ मा ९० हर्ज रिफ्रेश रेटयुक्त ६.५ इन्चको एचडी+ एलसीडी स्क्रीन र ८ मेगापिक्सेलको पन्च होल सेल्फी क्यामरा रहनेछ।
प्रकाशित: २ असार २०७९, बिहीबार