जापानले २०२५ सम्ममा अत्याधुनिक २एनएम चिप बनाउने

  • Technology Khabar | २ असार २०७९, बिहीबार
जापानले २०२५ सम्ममा अत्याधुनिक २एनएम चिप बनाउने

काठमाडौं ।

जापानले सन् २०२५ सम्ममा अत्याधुनिक २एनएम प्रोसेसको सेमिकन्डक्टर चिप निर्माण गर्ने योजना बनाएको छ।

निक्केईएसियाको रिपोर्ट अनुसार जापान अत्याधुनिक चिपसेटको नेक्स्ट जेनेरेशनलाई व्यावसायिक बनाउने होडमा रहेको छ।

यसै हिसाबले टोक्यो र वाशिङ्टनबिच सेमिकन्डक्टर प्रविधि साझेदारीमार्फत् एक अर्कालाई सघाउने खालको सहकार्य हुने भएको छ।

यसबाहेक यी दुईबिचको साझेदारीमा अनुसन्धान र बृहत् उत्पादनका लागि दुवै देशका निजी कम्पनीहरु पनि समावेश हुने गिज्मोचाइनाले जनाएको छ।

ताइवानको टीएसएमसीले यस अघि नै आफ्नो अत्याधुनिक २एनएम प्रविधिको सेमिकन्डक्टर बृहत् उत्पादन प्रविधि विकास गरिसकेको छ।

यसै क्रममा जापानले नेक्स्ट जेनेरेशन चिप स्थानीय स्तरमा उत्पादन गरेर सेमिकन्डक्टरको आपूर्ति स्थिर बनाउनेतर्फ लागिरहेको छ।

यसै साझेदारी अन्तर्गत अमेरिकाले नयाँ कम्पनी खोल्ने वा जापानी नियोगले नयाँ निर्माण हब स्थापना गर्ने काम पनि हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार