ब्याट्री तात्ने समस्या आएपछि फोर्डद्वारा ४९ हजार विद्युतीय गाडी ‘रिकल’

  • Technology Khabar | १ असार २०७९, बुधबार
ब्याट्री तात्ने समस्या आएपछि फोर्डद्वारा ४९ हजार विद्युतीय गाडी ‘रिकल’

काठमाडौं ।

अटो निर्माता कम्पनी फोर्डले करिब ४९ हजार मस्ट्याङ माच-ई ईभी फिर्ता लिने भएको छ।

कम्पनीले बजारमा गइसकेका ४८ हजार ९२४ गाडी रिकल गर्नुका साथै आफ्ना डिलरहरुलाई नयाँ गाडीहरु बजारमा नपठाउन पनि निर्देशन दिएको इन्ग्याजेटले जनाएको छ।

ब्याट्री ओभरहिट हुने समस्या देखिएपछि कम्पनीले यस्तो निर्णय गरेको बुझिएको छ।

अटोमोटिभ न्यूजका अनुसार फोर्डले उक्त ओभरहिटिङको समस्या ओटीए सफ्टवेयरमार्फत् समाधान गर्न सक्ने र उक्त अपडेट आगामी महिना आउने दावी गरेको छ।

यसको विकल्पका रुपमा माच-ई का सवारीधनीले यसलाई फोर्ड वा लिंकनको डिलरमा लगेर अपडेट इन्सटल पनि गर्न सक्ने समाचारमा उल्लेख छ।

यस्तो समस्या देखिएका गाडीहरु मेक्सिकोको कुआउटिट्लानमा रहेको फोर्डको फ्याक्ट्रीमा मे २७ २०२० तथा मे २४ २०२२ मा बनेका पाइएको छ।

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार