बिटक्वाइनको मूल्य १८ महिनायताको सबैभन्दा कम

  • Technology Khabar | १ असार २०७९, बुधबार
बिटक्वाइनको मूल्य १८ महिनायताको सबैभन्दा कम

काठमाडौं ।

बिटक्वाइनको मूल्य बुधबार १८ महिनायताकै सबैभन्दा कममा झरेको छ।

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी मूल्य सन् २०२० को डिसेम्बरयता ६.३ प्रतिशत घटेर २०,७१५.६९ डलरमा आइपुगेको छ।

बिटक्वाइनले गत शुक्रबारयता २८ प्रतिशत मूल्य तथा यो वर्ष आफ्नो मूल्यांकनको आधा गुमाएको छ। रोयटर्सका अनुसार गत वर्षको नोभेम्बरमा ६९ हजार डलर रहेको यो क्रिप्टोको मूल्यमा ७० प्रतिशत गिरावट आएको छ।

उक्त टोकनको मूल्य झर्नुमा अमेरिकी क्रिप्टो लेन्डर सेल्सियसले डिजिटल सम्पत्ति बजारको गिरावटबाट डराएर यो हप्ता विथड्रल र एकाउन्टमा ट्रान्सफर रोकेकाले भएको रोयटर्सले उल्लेख गरेको छ।

बिटक्वाइनबाहेक साना क्रिप्टोकरेन्सी पनि यसै हिसाबले मूल्य गुमाउने क्रममा रहेका पाइएको छ। दोस्रो सबैभन्दा ठूलो टोकन इथरको मूल्य पनि ९.४ प्रतिशत घटेर १,०९० डलरमा आइपुगेको छ।

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार