एडोबले वेबमा फोटोशप सबैका लागि नि:शुल्क उपलब्ध गराउने

  • Technology Khabar | १ असार २०७९, बुधबार
एडोबले वेबमा फोटोशप सबैका लागि नि:शुल्क उपलब्ध गराउने

काठमाडौं ।

एडोबले वेबमा फोटोशपको निशुल्क अर्थात् फ्री-टू-यूज भर्सन परीक्षण शुरु गरेको छ।

कम्पनीले धेरैभन्दा धेरै जनाले एप्लिकेशन चलाउन सकून् भन्ने उद्देश्यले सबैका लागि नि:शुल्क उपलब्ध गराउने उद्देश्य लिएको छ।

कम्पनीले हाल यो नि:शुल्क फिचर क्यानडामा परीक्षण गरिरहेको छ जहाँ यूजरहरुले फ्री एडवब एकाउन्टमार्फत् वेबमा फोटोशप एक्सेस गर्न सक्छन्।

कम्पनीले यो सेवाको नाम फ्रीमियम राखेको छ भने यसमा शुल्क तिरेका यूजरले पाउनेभन्दा केही फिचर कम हुने पनि द भर्जले उल्लेख गरेको छ।

‘हामी फोटोशपलाई बढीभन्दा बढी मानिसहरुमा पहुँचयोग्य र सहज बनाएर हाम्रो उत्पादनको अनुभव बाँड्न चाहन्छौं’, एडोब डिजिटल इमेजिङकी उपाध्यक्ष मारिया यापले भनिन्।

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार