
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्कले क्यानडा र मेक्सिकोमा टेस्लाको फ्याक्ट्री स्थापना गर्ने भएको छ।
उनले केही दिन अघि भने अमेरिकामा यस प्रकारको फ्याक्ट्री नलगाइने जानकारी दिएका थिए।
तर यसअघिको जानकारी जे जस्तो भए पनि क्यानडा र मेक्सिकोमा हुने फ्याक्ट्री नयाँ उत्तर अमेरिकी फ्याक्ट्री हुने गिगचाइनाले उल्लेख गरेको छ।
गत हप्ता कम्पनीका सबै कर्मचारी सम्मिलित बैठकमा मस्कलाई टेस्लाको आगामी अमेरिकी फ्याक्ट्रीका बारेमा प्रश्न गरिएको थियो।
त्यतिबेला मस्कले यसबारेमा कम्पनीले निर्णय गरिनसकेको बताएका थिए। तर उनले अमेरिकामा कुनै फ्याक्ट्री नहुने भन्ने चाहिँ प्रस्ट पारेका थिए। उनले भनेका थिए, ‘हामी फ्याक्ट्रीका लागि सुहाउँदो ठाउँ खोजिरहेका छौं तर यो क्यानडा, मेक्सिकोसहित सम्पूर्ण उत्तर अमेरिका वा संयुक्त राज्य अमेरिकाकै ठूलो क्षेत्र हुनु पर्नेछ।’
उनले टेस्लाले ठाउँ खोजिरहेको र यो विशेषगरी उत्तर अमेरिकामा हुनुपर्नेमा जोड दिएका छन्। अहिले भने कम्पनी टेक्ससमा गिगाफ्याक्ट्री निर्माण गर्नेमा केन्द्रित रहेको बताइएको छ।
प्रकाशित: १ असार २०७९, बुधबार