सिद्धार्थ बैंकमा अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने

  • Technology Khabar | १ असार २०७९, बुधबार
सिद्धार्थ बैंकमा अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने

काठमाडौं ।

सिद्धार्थ बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरुले बैंकको वेबसाइटमा गई वा सोझैमा गई आवश्यक विवरण भरी सहजरुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने छन्। ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिनसक्ने छन्।

ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ। डिम्याट खाता खोलीसके पश्चात् ग्राहक महानुभावहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने बैंकले जनाएको छ।

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार