काठमाडौं ।
मोटोरोलाको मोटो जी६२ फाइभजी र मोटो जी४२ यूरोपमा सार्वजनिक भएको छ। स्न्यापड्रागन ४८० प्लस प्रोसेरको मोटो जी६२ फाइभजीकपो मूल्य २४९.९९ यूरो तोकिएको छ।
यो फोन मिडनाइट ग्रे र फरेस्टेड ग्रे कलरमा उपलब्ध छ। स्न्यापड्रागन ६८० प्रोसेर भएको मोटो जी४२ को मूल्य २०९.९९ यूरो तोकिएको छ। यो फोन एटलान्टिक ग्रिन र मेटालिक रोज कलरमा उपलब्ध छ।
स्थानीय उपलब्धताका आधारमा विभिन्न देशमा मूल्य फरक पर्न सक्ने जिएसएमएरिनाले उल्लेख गरेको छ।
मोटो जी ६२ मा ६.५ इन्चको आईपीएस एलसीडी सहित एफएचडी प्लस रिसलुसनमा १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरासहित ८ मेगापिक्सल अल्ट्रावाइड मोल्ड र २ मोगापिक्सल म्याक्रो लेन्स छ।
फोनमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम छ। ५००० एमएएचको ब्याट्री भएको फोनमा २० वाटको चार्जिङ पाउन सकिन्छ। फोन ४ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ।
मोटो जी४२ ६.४ इन्चको ओएलईडीसहित एफएचडी प्लस रिसलुसनमा ६० गिगाहर्ज रिफ्रेस रेट पाउन सकिन्छ। फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा सहित ८ मेगापिक्सल अल्ट्रावाइड मोल्ड र २ मोगापिक्सल म्याक्रो लेन्स छ।
फोनमा एन्ड्रोइड १२ अपरेटिङ र एमवाईयूएक्स अपरेटिङ सिस्टम छ। ५००० एमएएचको ब्याट्री भएको फोनमा २० वाटको चार्जिङ पाउन सकिन्छ। फोन ४ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ।
प्रकाशित: १ असार २०७९, बुधबार