
काठमाडौं ।
नथिङको पहिलो एन्ड्रोइड स्मार्टफोन नथिङ फोन १ विश्व बजारमा बिक्रीका लागि सन् २०२२ जुलाई १२ देखि उपलब्ध हुने भएको छ।
कम्पनीले नथिङ फोन भारतीय बजारमा उत्पादन भएको पुष्टि गरेको छ।
भारतको तमिलनाडुमा उत्पादन भएको नथिङ फोन १ भारतमा बिक्री गरिनेछ। यो कुराको पुष्टि नथिङका उपाध्यक्ष तथा जनरल म्यानेजटर मनु शर्माले गरेको गिगचाइनाले उल्लेख गरेको छ।
फोनमा ४५०० एमएएचको ब्याट्री छ। ब्याट्री भने चीनमा उत्पादन गरिएको हो।
नथिङ फोन १ मा ६.५५ इन्चको एफएचडी प्लस ओएलईडी स्क्रिन रहेको जसले ९० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनमा ७ जेनेरेसन १ प्रोसेसर छ। मिड रेजको स्मार्टफोनमा ५० मेगाफिक्सलको मुख्य क्यामरा छ।
यूएसबी टाइप सी चार्जिङ पोट भएको फोनले ४५ वाट फाट चार्जिङ सपोर्ट गर्छ।
प्रकाशित: १ असार २०७९, बुधबार