काठमाडौं ।
अमेजफिटको नयाँ जेप ई स्मार्टवाच बजारमा सार्वजनिक भएको छ। यो ग्याजेट स्कवायर वा वर्गाकार तथा सर्कुलर वा गोलाकार दुवैमा उपलब्ध छ।
गोलाकार मोडलमा १.२८ इन्चको स्क्रीन दिइएको छ भने वर्गाकार मोडलमा १.६५ इन्चको स्क्रीन रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यी दुवैको स्क्रीनको किनारा मोडिएको छ भने दुवैमा अलवेज अन डिस्प्लेको फिचर पनि उपलब्ध रहेको बताइएको छ।
हेल्थ ट्र्याकिङका लागि जेप ई मा ब्लड अक्सिजन मनिटरिङ तथा स्लीप ट्र्याकिङ फिचर उपलब्ध छ।
यस्तै फिटनेसका लागि ८७ ओटा स्पोर्ट्स मोड रहेका यी डिभाइसमा ५ एटीएम वाटर रेजिस्टेन्स पनि रहेको छ।
यसको ब्याट्री १४ दिनसम्म टिक्ने र दुवै आकारका भेरियन्टको मूल्य भारु १४ हजार ९९९ तोकिएको जीएसएमएरिनाले जनाएको छ।
प्रकाशित: १ असार २०७९, बुधबार