काठमाडौं ।
इलेक्ट्रिक सवारी निर्माता स्विच मोबिलिटी लिमिटेडले भारतमा नेक्स्ट जेनेरेसन कार्बन न्यूट्रल बस ‘स्विच ईआईभी १२’ सार्वजनिक गरेको छ।
कम्पनीले इलेक्ट्रिक बसलाई दुई भेरियन्ट ईआईभी १२ लो फ्लोर र ईआईभी १२ स्ट्यान्डर्ड बजारमा ल्याएको हो।
कम्पनीको नेक्स्ट जेनेरेसन इलेक्ट्रिक बसले भारतमा बढ्दो सार्वजनिक सवारी साधनलाई कार्बन रहित बनाउन मद्दत गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
स्विच मोबिलिटी हालसम्म ६०० बुकिङ भइसकेको छ।
स्विच ईआईभी १२ बसमा आधुनिक फिचरका साथै उच्च प्रविधिको प्रयोग गरिएको छ र यात्रीलाई आरामदायिक यात्रा गर्न मद्दत गर्ने कम्पनीको दावी छ। यो बसमा कम्पनीको कनेक्टेड प्रविधि ‘स्विच आईओएन’ उपलब्ध छ।
ईआईभीको प्लेटफर्म इभी आर्किटेक्चर भर्खर सार्वजनिक गरिएको यूरोपियन स्विच इ१ बस समान रहेको छ।
स्विचका यी दुई बस इन्ट्रासिटी, इन्टरसिटी, स्कुल, कलेज, स्टाफ लगायतमा प्रयोग गर्न सकिन्छ। कम्पनीले यी बसमा अधिक रेञ्ज प्रदान गर्ने एडभान्स लिथियम–आयन एनएमसी मोडुलर ब्याट्री राखेको छ। जुन भारती पर्यावरण र तापमान अनुकुल भएको कम्पनीको दावी छ।
कम्पनीका अनुसार बसले सिंगल चार्जमा ५०० किलोमिटरको रेञ्ज दिन्छ। इलेक्ट्रिक ड्राइभट्रेन र ब्याट्री लाइफका साथै बेहतरिन दक्षता सुनिश्चित गर्नका लागि क्यालिब्रेट गरिएको छ। कम्पनीका अनुसार ई बसको मर्मत सम्भारको खर्च सस्तो छ।
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार