ई-कमर्समार्फत् हुने कारोबार रकम र सङ्ख्या दुवै बढ्दो

  • Technology Khabar | ३१ जेष्ठ २०७९, मंगलवार
ई-कमर्समार्फत् हुने कारोबार रकम र सङ्ख्या दुवै बढ्दो
फाइल तस्बिर

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को दशौं अर्थात् २०७९ वैशाख महिनाभरी ई-कमर्समार्फत् ४३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा २०७९ वैशाख महिनामा ई-कमर्समार्फत् भएको कारोबार संख्या ६८ हजार ९३९ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात्  २०७८ चैत्रको भन्दा ४ हजार ५३३ ले बढी हो।

सामान्यतया: कारोबार संख्यामा आएको उतारचढाव अनुसार नै कारोबार रकममा पनि उस्तै तरिकाले घटबढ हुने गर्दछ।

यसै हिसाबले चैत्र २०७८ मसान्तदेखि २०७९ वैशाख मसान्तसम्मको एक महिनाको अवधिमा कारोबार सङ्ख्या तथा रकम दुवैमा केही वृद्धि भएको पाइएको छ।

प्रतिवेदन अनुसार २०७९ वैशाख महिनामा ई-कमर्सको क्षेत्रमा भएको ४३ करोड ५ करोड रुपैयाँ बराबरको कारोबार अघिल्लो महिनाको तुलनामा ९ करोड ५० लाख रुपैयाँले बढी हो।

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...