बीओई टेक्नोलोजीले ओएलईडी टीभी प्यानल बनाउने

  • Technology Khabar | ३१ जेष्ठ २०७९, मंगलवार

काठमाडौं ।

चीनको बीओई टेक्नोलोजीले ५ साइजका ओएलईडी टीभी उत्पादन गर्ने तयारी गरेको छ।

कोरियाको चोसुन बिजलाई उद्धृत गर्दै डिजिटाइम्सले उल्लेख गरे अनुसार कम्पनीले ५५ देखि ९५ इन्चसम्मका ओएलईडी टीभी निर्माण गर्ने भएको हो।

कम्पनीले यसअघि स्मार्टफोनमा प्रयोग हुने ओएलईडी प्यानल उत्पादन गरिसकेको छ। हाल भने कम्पनी ओएलईडी टीभीको बजार सम्भाव्यतालाई मध्यनजर गर्दै टीभीका लागि ओइलईडी उत्पादनतर्फ आकर्षित भएको हो।

बीओईले ओएलईडी टीभी प्यानलका लागि उत्तरी चीनमा रहेको ८जी लाइनमा एउटा परीक्षण उत्पादन लाइन स्थापना गरेर यो वर्ष ३ लाख टीभी प्यानल बिक्री गर्ने लक्ष्य राखेको छ।

बीओईले मे १० देखि १२ मा भएको एसआईडी २०२२ ९५ इन्चको ८के ओएलईडी प्यानल प्रदर्शन गरिसकेको छ।

यो प्यानल सेतो ओओएलईडी निर्माण प्रक्रियामा आधारित रहेको र ८०० निटसम्मकव अत्यधिक ब्राइटनेसका साथमा १२० हर्जसम्मको रिफ्रेश रेट रहने डिजिटाइम्सले जनाएको छ।

एलजी डिस्प्लेले हाल विश्वको अधिकांश ओएलईडी टीभीको आपूर्ति ओगटेको छ भने सामसङ डिस्प्लेले यसै वर्षको शुरुवातमा क्वान्टम डटमा आधारित ओएलईडी टीभी बनाउन शुरु गरेको थियो।

बीओईले यो वर्ष १० लाख ओएलईडी टीभी प्यानल बिक्री गर्न सकेको खण्डमा एलजी डिस्प्लेको विश्व बजारको हिस्सा १० प्रतिशतले ओरालो लाग्ने आकलन गरिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया