मस्कले पहिलो पटक टाउन हलमा ट्विटरका कर्मचारीलाई सम्बोधन गर्ने

  • Technology Khabar | ३१ जेष्ठ २०७९, मंगलवार
मस्कले पहिलो पटक टाउन हलमा ट्विटरका कर्मचारीलाई सम्बोधन गर्ने

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले यसै हप्ता पहिलो पटक ट्विटरका कर्मचारीलाई सम्बोधन गर्ने भएका छन्।

कम्पनीका प्रमुख पराग अग्रवालले कर्मचारीलाई पठाएको चिठीलाई उद्धृत गर्दै स्रोतले बताए अनुसार गत अप्रिलमा ४४ अर्ब डलरको सम्झौताका लागि कम्पनीहरुबिच भएको बैठकपछि यो पहिलो हुनेछ।

यो बैठक आगामी बिहीबारका लागि तय गरिएको छ भने मस्कले कार्यक्रममा ट्विटरका कर्मचारीका प्रश्नको प्रत्यक्ष्य उत्तर दिनेछन्।

मस्कले ट्विटरको स्वामित्व लिने कुरा शुरु भएयता ट्विटरका कर्मचारीले मस्कको व्यवहारले कम्पनीको व्यापार र कमाई दुवैमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गर्दै आएका छन्।

गत हप्ता मस्कले नक्कली एकाउन्टका बारेमा आफूले मागेको तथ्याङ्क उपलब्ध नभएमा ट्विटर सम्झौताबाट टाढिने चेतावनी समेत दिएका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार