
काठमाडौं ।
वैज्ञानिकहरूले परम्परागत रूपमा प्रयोग हुने यन्त्रहरू भन्दा हजार गुणा छिटो नुन पानी फिल्टर गर्ने उपकरण विकास गरेका छन्। यसमा औद्योगिक स्तरमा, समुद्रको पानीलाई डिसेलिनेशन प्रक्रियामार्फत पिउन योग्य बनाइन्छ।
यस प्रक्रियामा पानीबाट नुन छुट्याइन्छ र बाँकी पानी सिँचाइको लागि प्रयोग गरिन्छ। भर्खरै गरिएको एक अध्ययनमा, वैज्ञानिकहरूले नुन पानीलाई छिटो र प्रभावकारी रूपमा सफा गर्ने नयाँ तरिका आविष्कार गरेका छन्।
वैज्ञानिकहरूले साइन्स डट ओआरजीमा आफ्नो भर्खरै प्रकाशित अध्ययनमा नुन पानीलाई छिटो र प्रभावकारी रूपमा शुद्ध गर्ने नयाँ तरिकाको बारेमा वर्णन गरेका हुन्। अनुसन्धानअनुसार तिनीहरूले फ्लोरिन-आधारित न्यानोस्ट्रक्चर प्रयोग गरेर पानीबाट नुनलाई सफलतापूर्वक अलग गरे।
टोकियो विश्वविद्यालयको रसायन विज्ञान र बायोटेक्नोलोजी विभागका एसोसिएट प्रोफेसर योशिमित्सु इटोह र सहकर्मीहरूको टोलीले नानोस्केलमा फ्लोरिन पाइपलाइनहरूको क्षमताको सम्भाव्यता अन्वेषण गरेर आफ्नो अध्ययन सुरु गरे। इटोहले भने, “हामी फ्लोरोसेन नानो च्यानल विभिन्न यौगिकहरू, विशेष गरी पानी र नुनलाई छान्नमा कत्तिको प्रभावकारी हुन सक्छ भनेर हेर्न उत्सुक थियौं। केहि जटिल कम्प्यूटर सिमुलेशनहरू चलाएर हामीले काम गर्ने नमूना निर्माण गर्न यो लायक छ भनेर निर्णय गर्यौं।”
वैज्ञानिकहरूको टोलीले १ देखि २ नानोमिटरको साइजमा नानोरिङ्गहरू सहित धेरै परीक्षण नमूनाहरू विकास गरे। इटोहका अनुसार, तिनीहरूले पत्ता लगाए कि परीक्षण नमूनाले काम गरिरहेको थियो। यसले पानीबाट नुनका अणुहरू सफलतापूर्वक हटायो।
त्यसैगरी फ्लोरिनमा आधारित फिल्टरले पानी शुद्ध मात्र गर्दैन, औद्योगिक उपकरणभन्दा हजार गुणा छिटो काम पनि गर्छ। कार्बन नानो-ट्युबमा आधारित यन्त्रहरू पनि फ्लोरिन यन्त्रहरू भन्दा २,४०० गुणा सुस्त रहेको उनले बताए।
नयाँ प्रविधि सञ्चालन गर्न कम ऊर्जा चाहिने र प्रयोग गर्न पनि सजिलो भएको वैज्ञानिकहरूले बताएका छन्।
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार