
काठमाडौं ।
डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ।डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, बीरगंज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव, आमडाँगी, लामाचौर, पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।
हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ।
अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ हुन ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन्। फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन्।
डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु. ६९९ प्रति महिना पर्ने ५० एमबीपीयस र रु. ८९९ प्रती महिना पर्ने १०० एमबीपीयसको ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ।
यो गजबको प्याकेज अफरमा फाइभजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउने जनाएको छ।
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार