भारतको पहिलो एमोलेड फ्याब तेलाङ्गनामा निर्माण हुने

  • Technology Khabar | ३० जेष्ठ २०७९, सोमबार
भारतको पहिलो एमोलेड फ्याब तेलाङ्गनामा निर्माण हुने

काठमाडौं ।

भारतको पहिलो एमोलेड फ्याब तेलाङ्गनामा निर्माण हुने भएको छ।

भारतका विभिन्न राज्यबिच सेमिकन्डक्टर तथा डिस्प्ले फ्याब स्थापना गराउन प्रतिस्पर्धा चलिरहँदा राजेश एक्सपोर्ट्सको सहायक संस्था इलेस्टले दक्षिण भारतको तेलाङ्गनामा पहिलो एमोलेड फ्याब स्थापना गर्ने भएको हो।

द इकोनोमिक टाइम्स तथा पीटीआईको रिपोर्ट अनुसार राजेश एक्सपोर्ट्स तथा तेलाङ्गना सरकारले ३ अर्ब डलर लगानीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्।

उक्त लगानीबाट एउटा ६जी एमोलेड फ्याब निर्माण गरिनेछ जसले ३ हजारभन्दा बढी रोजगारी सिर्जना गर्दै स्थानीय विद्युतीय आपूर्ति श्रृङ्खला निर्माणमा पनि सहयोग हुने डिजिटाइम्सले उल्लेख गरेको छ।

फर्च्युन ५०० मध्येको एउटा कम्पनी राजेश एक्सपोर्ट्सले इलेस्टलाई विशेषगरी एमोल्ड डिस्प्ले, लिथियम आयन सेल, ब्याट्री तथा विद्युतीय सवारीजस्ता उच्च प्रविधियुक्त उत्पादन बनाउनका लागि स्थापना गरेको बुझिएको छ।

इलेस्ट भारतको १० अर्ब डलरको सेमिकन्डक्टर तथा डिस्प्ले फ्याब इन्सेन्टिभ स्किमको एउटा आवेदक हो। यस बाहेक राजेश एक्सपोर्ट्सले अत्याधुनिक केमेस्ट्री सेलका लागि भारतको प्रडक्शन लिंक्ड इन्सेन्टिभका लागि पनि आवेदन दिएको छ।

कम्पनीका अध्यक्ष राजेश मेहताले कम्पनीले आगामी ७ वर्षमा विद्युतीय सवारी डेभलप गर्न ५०० अर्ब भारु लगानी गर्ने बताएका छन्।

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार