
काठमाडौं ।
नेपालमा २०७९ वैशाख महिनामा मोबाइल वालेट मार्फत् १४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती १० महिनाको मासिक प्रतिवेदन अनुसार मोबाइल वालेटमार्फत् वैशाख महिनामा १ करोड ४८ लाख ८४ हजार ७०१ ओटा कारोबार भएका छन्।
यो आँकडाले अघिल्लो महिना अर्थात् चैत्र मसान्तको तुलनामा कारोबार सङ्ख्या बढेको तर कारोबार रकम भने तुलनात्मक रुपमा घटेको देखाउँछ।
चैत्र मसान्तसम्म मोबाइल वालेटमार्फत् १ करोड ४४ लाख ९४ हजार ८९३ कारोबार भएकामा एक महिनाको अवधिमा ३ लाख ८९ हजार ८०८ बढेर १ करोड ४८ लाख ८४ हजार ७०१ पुगेको छ।
तर यसरी कारोबार सङ्ख्या बढे पनि कारोबार रकम भने घटेको छ।
चैत्र २०७८ मसान्तसम्म मोबाइल वालेटमार्फत् १५ अर्ब ३६ करोड २० रुपैयाँ बराबरको कारोबार भएकामा वैशाख २०७९ मसान्तसम्मको एक महिनाको अवधिमा ७० करोड २० लाख रुपैयाँले घटेर १४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार