
काठमाडौं ।
२०७९ वैशाख महिनामा मोबाइल बैकिङमार्फत् गरिएको कारोबार सङ्ख्यामा वृद्धि भए पनि रकम भने घटेको छ।
चालु आर्थिक वर्ष २०७८/७९ को माघमा पनि यस्तै प्रवृत्ति देखिएको थियो।
नेपाल राष्ट्र बैंकद्वारा हालै जारी २०७९ वैशाख मसान्तसम्मको प्रतिवेदन अनुसार यो महिनामा मोबाइल बैकिङमार्फत् १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको १ करोड ७७ लाख ९१ हजार १८ ओटा कारोबार भएका छन्।
कारोबार सङ्ख्या बढे पनि यो अवधिमा कारोबार रकम भने उल्लेख्य मात्रामा घटेको पाइएको छ।
अघिल्लो महिना अर्थात् २०७८ चैत्र मसान्तसम्म मोबाइल बैंकिङमार्फत् १ खर्ब १५ अर्ब ३९ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५९ हजार ९६३ ओटा कारोबार भएको थियो।
यो आँकडालाई तुलनात्मक रुपमा हेर्दा चैत्र २०७८ देखि वैशाख २०७९ मसान्तसम्मको १ महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम १ अर्ब ७७ करोड ५० लाख रुपैयाँले घटेको छ।
तर सोहि अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या भने १३ लाख ३१ हजार ५५ ले बढेको पाइएको छ।
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार