
काठमाडौं ।
चीनले एक महिनामा ८७ हजार नयाँ चार्जिङ स्टेशन निर्माण गरेको छ।
चीनले सन् २०२२ को मे महिनामा मात्रै ८७ हजार नयाँ चार्जिङ स्टेशन निर्माण गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
चीन विद्युतीय सवारीका लागि विश्वकै ठूलो बजार हो। विद्युतीय सवारी प्रतिको बढ्दो माग सम्बोधन गर्न पनि चीनमा चार्जिङ स्टेशनको क्षेत्रमा ठूलो लगानी गरिएको छ।
चीनका चार्जिङ स्टेशन निजी नभइ सार्वजनिक हुन्। यहाँ कुनै पनि ब्राण्डका सवारी साधन चार्ज गर्न सकिन्छ।
इभीसीआईपीएको रिपोर्ट अनुसार चीनमा १४ लाख १९ हजार सार्वजनिक चार्जिङ स्टेशन छन्। जसमा ६ लाख १३ हजार डीसी र ८ लाख ६ हजार एसी चार्जिङ स्टेशन रहेको छ। यस्तै, एसी र डीसी युक्त ४८५ वटा चार्जिङ स्टेशन छन्।
मे महिनामा मात्र चीनको चार्जिङ स्टेशनले १ करोड ५६ लाख किलोवाट आवर विद्युत खपत गरेको छ। यो अप्रिलको तुलनामा १ करोड ४० लाख किलोवाट आवर बढी विद्युत खपत हो।
वार्षिक रुपमा चीनमा चार्जिङ स्टेशनबाट हुने विद्युत खपत ८३.१ प्रतिशतले वृद्धि भइरहेको छ भने मासिक वृद्धिदर १० प्रतिशत छ।
सबैभन्दा धेरै चार्जिङ स्टेशन ग्वाङडोङ शहरमा रहको छ। यो शहरमा २ लाख ८१ हजार चार्जिङ स्टेशन छ।
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार