दुर्घटना हुँदा फोन अनलक नगरी कसरी खबर गर्ने?

  • Technology Khabar | ३० जेष्ठ २०७९, सोमबार
दुर्घटना हुँदा फोन अनलक नगरी कसरी खबर गर्ने?

काठमाडौं ।

हिजोआझ स्मार्टफोन करिब सबैको जीवनको अत्यावश्यक हिस्सा बनिसकेको छ। मानिसका दैनिक क्रियाकलाप लगायत सबैखालका विवरण स्मार्टफोनमार्फत नै ‍हेरिन्छ।

मनोरञ्जनदेखि आफ्ना काम तथा पढाईलेखाईका लागि उपयुक्त स्मार्टफोनले कोही व्यक्ति दुर्घटनामा पर्यो भने अनलक नगरी तत्काल कसरी घरपरिवारसमक्ष खबर पुर्याउन मद्दत गर्छ त?

सुरक्षाका लागि विभिन्न लक प्याटर्न तथा पासवर्ड राख्नाले कहिलेकाही इमर्जेन्सी अवस्थामा अप्ठेरो पर्न सक्छ। यस्तो बेला फोन अनलक नगरी कसरी तत्काल घर परिवार वा साथीभाइलाई कसरी खबर गर्न सकिन्छ आउनुस् थाहा पाऔं।

यस्तो अवस्थाका लागि कुनै व्यक्तिको ज्यान बचाउन इमर्जेन्सी कल फिचन निकै लाभदायक हुन्छ।

यो फिचर आजभोलि सबै खाले मोबाइलमा उपलब्ध हुन्छ तर यसको प्रयोग भने निकै कम हुन्छ।

कसरी एक्टिभेट गर्ने?

  • सबैभन्दा पहिले मोबाइल फोन लक गरेर होम पेजमा आउने
  • पासवर्ड नराखी फिङ्गर वा फेस स्क्यान गरेर फोन अनलक गर्न प्रयास गर्ने
  • की-प्याडभन्दा तल एउटा इमर्जेन्सी कल अप्शन देखा पर्छ, त्यसमा क्लिक गर्ने
  • क्लिक गर्नासाथ इमर्जेन्सी कन्ट्याक्ट लिस्ट खुल्छ
  • यीमध्ये जुनसुकै कन्ट्याक्टको नम्बरमा ट्याप गर्दा उसलाई इमर्जेन्सी कल जान्छ र तत्काल खबर गर्न सकिन्छ।

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...