
काठमाडौं ।
टीएसएमसीले २एनएम प्रविधिको चिप निर्माण छिटोमा २०२४ मात्र थाल्ने भएको छ।
उत्पादन शुरु गर्नु अघि निर्माण प्लान्ट तयार गर्नुपर्ने भएकाले उक्त समयभन्दा अगाडि उत्पादन हुन नसक्ने गिगचाइनाले उल्लेख गरेको छ।
कम्पनीले २एनएम प्लान्टको प्रस्ताव वातावरणीय प्रभावलगायतका दस्तावेजसहित समीक्षाका लागि पेश गरेको बताइएको छ।
उक्त समीक्षा अनुसार इजाजत पाएमा कम्पनीको पहिलो चरणको प्लान्ट निर्माण सन् २०२४ मा सकिने र त्यसलगत्तै उत्पादन शुरु हुन सक्नेछ।
टीएसएमसीले अघिल्लो वर्ष आफ्नो झोङ्केमा रहेको फ्याक्ट्री विस्तार गर्ने बताएको थियो। यसमा ८०० अर्बदेखि १ हजार अर्ब ताइवानी डलर लगानी हुने र ४५०० नयाँ रोजगारी सिर्जना हुने बताइएको थियो।
यसरी हेर्दा कम्पनीले भविष्यमा १एनएम प्रविधिको प्लान्ट पनि यही ठाउँमा स्थापना गर्न सक्ने आकलन गरिएको छ।
टीएसएमसीको २एनएम प्रविधिको परीक्षण उत्पादन २०२४ बाट शुरु हुने र २०२५ देखि भने बृहत् उत्पादनमा जान सकिने गिगचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार