
काठमाडौं ।
उदयपुरको लिम्चुङ्बुङ गाउँ कार्यपालिकाको पहिलो बैठकले विभिन्न विषयगत समितिका संयोजक चयनसहित विविध निर्णय गरेको छ।
जनताको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन संयोजक तोकिएको र कर्मचारी र सेवाग्राहीको हितलाई ध्यानमा राख्दै केही निर्णय भएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए।
कर्मचारीले कार्यालय समयमा युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने निर्णय बैठकले गरेको छ।
पोसाक अनिवार्य गरी कार्यालय समयमा आउने र जाने नियमलाई पूर्ण पालना गर्नुपर्नेे निर्णय पनि भएको छ । अध्यक्ष राईका अनुसार बैठकले विषयगत समितिको संयोजक तथा निर्णयहरू सर्वसम्मतिमा गरेको हो ।गोरखापत्रबाट
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार