चिनियाँ मोबाइल गेम विकासकर्ताहरूले ओगटे विश्वव्यापी राजस्वमा ठूलो हिस्सा

  • Technology Khabar | ३० जेष्ठ २०७९, सोमबार
चिनियाँ मोबाइल गेम विकासकर्ताहरूले ओगटे विश्वव्यापी राजस्वमा ठूलो हिस्सा

काठमाडौं ।

चिनियाँ मोबाइल गेम डेभलपर कम्पनीहरुले विश्व स्तरमा आफ्नो बिस्तार गरिरहेका छन्। जसले गर्दा उनीहरुको आम्दानी समेत बढेको देखिएको छ।

मोबाइल एप डाटा विश्लेषण फर्म सेन्सर टावरका अनुसार मे महिनामा कुल ४० चिनियाँ मोबाइल गेम विकासकर्ताहरूले शीर्ष १०० ग्लोबल गेम प्रकाशकहरूको राजस्व सूचीमा आफ्नो स्थान फेला पारेका छन्।

यी चिनियाँ कम्पनीहरूले गत महिना कुल २.३ अर्ब अमेरिकी डलर कमाएका छन्। जसमा १०० फर्महरूले गरेको राजस्वको ४३ प्रतिशत हिस्सा रहेको तथ्याङ्कले देखाएको छ।

टेन्सेन्ट सबै चिनियाँ मोबाइल गेम प्रकाशकहरूमध्ये राजस्वको आधारमा पहिलो स्थानमा छ, त्यसपछि अन्य कम्पनीहरुमा नेटइज र मीहोयो नामक कम्पनीहरु रहेका छन्।

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार