Technology Khabar ३० जेष्ठ २०७९, सोमबार
काठमाडौं ।
ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरीजको परम्परालाई निरन्तरता दिईरहेको छ ।
ओप्पोको १६.६५ से.मि ( ६.५२”) एच्डी वाटरड्रप स्क्रिन र १६००x७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोईन्ट कर्नरहरु बनाईन्छ। यो फोन ४२३० एमएएच् लङ्ग–लास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुबैका लागि उपयुक्त छ।
यसमा ५एक्स डिजिटल जुम र ५ एमपी फ्रन्ट क्यामेराको साथ १३ एमपी रियर क्यामेरा रहेको छः विभिन्न विषयवस्तुहरु र पोर्टेटहरु, स्न्यापसटहरु र धेरै परिदृश्यहरु र अगाडी र पछाडी दुबै क्यामेराले स्टाईलिश फोटोहरुमा प्रभाव पार्ने ओर्जिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मीस्ट, फील्ड, जर्नी, डिलिसीयस, कोल्ड, फील्म, सीटी, रेट्रो,अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाईलिश फिल्टरहरु सपोर्ट गर्दछ । यसबाहेक, यसले एआई ईन्जिन मार्फत दृश्य पहिचान गर्दछ र त्यसपछि यसले ईमेजका रङ्गहरु पुनः निर्माण गर्न पिक्सेल स्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ।
पछाडीको क्यामराको लागि तीनओटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टरहरु छन्। यी सबै डिजाइनले प्रयोगकर्ताहरुलाई, सुन्दर र व्यावसायिक नाईट शटहरु लिन मद्दत गर्दछ।
ओप्पो ए१६के को मुनलाईट डिस्प्ले, सनलाईट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ। स्क्रिन पुल डाउन गरी एप आइकनहरु छेउमा राख्न सक्दछ र उक्त आइकनहरु छोडी एप खोल्न सक्दछ। साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा लाग–फ्रि स्मुथनेसको लागि प्रणाली बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टाकोर चिप र १त्द्य सम्म स्टोरेज बढाउन सकिन्छ।
प्रत्येक ओप्पो ए१६के स्मार्टफोन किन्दा अब रु.२,००० बचत गर्ने मौका भएको कम्पनीले जनाएको छ ।
४ जीबी +६४ जीबी स्मार्टफोन
पहिलेको मूल्य – रु.१९,९९०/–
अहिलेको मूल्य – मात्र रु. १७,९९०/–
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार