इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने

  • Technology Khabar | २९ जेष्ठ २०७९, आईतवार
इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने

काठमाडौं ।

सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ।

सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लुबुक बोक्नै पर्ने र सवारी साधनको पुरानै नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्ने हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन ।

भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुदाँसम्म पुरानै नम्बर आवश्यक र हने यातायात व्यवस्था विभागले जनाएको छ । सवारी साधनमा इम्बोस्ड नम्बर लिएपछि भीआर एसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न मिल्छ । तर सडकमा ट्राफिक प्रहरीले जाँच गर्दा हाल भएका सबै कागजात देखाउनुपर्छ ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ड नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने बताए ।

“भीआर एसबाट सबै सवारीको नियमन विभागले गर्छ । तत्कालका लागि पुरानै नम्बर पनि ब्लुबुकमा रहन्छ,” उनले भने । उनका अनुसार गण्डकी प्रदेशमा भीआरएस लागू भइसकेको छ।

अन्य प्रदेशमा छिट्टै लागू हुने छ । हाल इम्बोस्ड नम्बर सम्बन्धित यातायात कार्यालयले पालो र लटअनुसार नयाँ नम्बर दिँदै आएको छ। गोरखापत्रबाट

प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार