
काठमाडौं ।
एप्पल इंकका प्रमुख कार्यकारी (सिइओ) टिम कुकले अमेरिकी सांसदहरूलाई संघीय गोपनीयता कानून पारित गर्न आग्रह गरेका छन्।
एप्पल इंकका प्रमुख कार्यकारी टिम कुकले शुक्रबार अमेरिकी सांसदहरूको समूहलाई संघीय गोपनीयता कानून पारित गर्न आग्रह गर्दै पत्र पठाएको रोयटर्सले जनाएको छ।
“हामी तपाईंलाई जतिसक्दो चाँडो व्यापक गोपनीयता कानून अगाडि बढाउन आग्रह गर्दछौं, र हामी आगामी दिनहरूमा यस प्रक्रियामा सहयोग गर्न तयार छौं,” पत्रमा भनिएको छ।
सो पत्र अमेरिकी सिनेट र हाउस अफ हाउसमा कानून निर्माताहरूको समूहलाई पठाइएको थियो।
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार