ईकमर्श साइट अमेजनमा जुत्ता खरिद गर्नु अघि ट्राइ गर्न सकिने

  • Technology Khabar | २८ जेष्ठ २०७९, शनिबार
ईकमर्श साइट अमेजनमा जुत्ता खरिद गर्नु अघि ट्राइ गर्न सकिने

काठमाडौं ।

अनलाइन सपिङ प्लेटफर्म अमेजनमा जुत्ता खरिद गर्नु अघि ट्राइ गर्न सकिने भएको छ। अमेजनले नयाँ ‘भर्चुअल ट्राइ अन सूज’ फिचर ल्याएको हो।

यो फिचरबाट ग्राहकले जुत्ता आफ्नो खुट्टामा कस्तो देखिन्छ भनेर हेर्न सक्ने द भर्जले उल्लेख गरेको छ।

यो फिचरबाट ग्राहकले जुत्ता खरिद गर्नु अघि नै जाँच गर्न सक्छन्।

अमेजन भर्चुअल ट्राइ अन सुज फिचर अमेरिका र क्यानाडाका आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ। यो फिचर आईफोन ७ र त्यो भन्दा नयाँ फोनमा मात्र प्रयोग गर्न सकिन्छ।

भर्चुअल ट्राइ अन फिचरका लागि ग्राहकले क्यामरा खुट्टा तर्फ तेर्स्याएर विभिन्न ब्राण्डको जुत्ता ट्राइ गर्न सक्नेछन्। तर यस फिचरबाट जुत्ताको साइज भने निर्धारण गर्न सकिँदैन।

सन् २०१७ मा अमेजनले इन एप अगमेन्टेड फिचर ल्याएको थियो। जसबाट उपभोक्ताले घरमा फर्निचर कस्तो देखिन्छ भनेर हेर्न सक्ने सुविधा रहेको छ।

प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार