इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा एक महिनामा १ अर्बभन्दा बढीले गिरावट

  • Technology Khabar | २८ जेष्ठ २०७९, शनिबार
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा एक महिनामा १ अर्बभन्दा बढीले गिरावट

काठमाडौं ।

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम दुवैमा गिरावट आएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७९ वैशाख महिनासम्मको प्रतिवेदनमा चैत्र मसान्तदेखि २०७९ वैशाख मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्यामा २२ हजार २४२ ले गिरावट आएको देखिएको छ।

चैत्र महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ७४ हजार ९४७ रहेको थियो। यो सङ्ख्या २०७९ वैशाख मसान्तसम्म आइपुग्दा घटेर २ लाख ५२ हजार ७०५ मा झरेको छ।

कारोबार संख्या घटे अनुसार त्यही अनुपातमा कारोबार रकममा पनि गिरावट आएको पाइएको छ।

यसै अनुरुप चैत्र मसान्तदेखि २०७९ वैशाख मसान्तसम्मको एक महिनाको अवधिमा  कारोबार सङ्ख्या र रकम दुवै घटेको छ।

यसअघिको महिनामा भने कारोबार सङ्ख्या बढेको र रकम घटेको थियो।

आँकडा अनुसार चैत्र मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १३ अर्ब ५ करोड ९० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा १ अर्ब १४ करोड ३० लाख रुपैयाँले घटेर ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँमा आइपुगेको छ।

प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार