अलिबाबाको एन्ट ग्रुपद्धारा सार्वजनिक शेयर निस्कासन गर्ने योजना नभएको स्पष्टोक्त्ति

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार
अलिबाबाको एन्ट ग्रुपद्धारा सार्वजनिक शेयर निस्कासन गर्ने योजना नभएको स्पष्टोक्त्ति

काठमाडौं ।

अलिबाबा समूहअन्तरगतको एन्ट ग्रुपको प्रारम्भिक सार्वजनिक शेयर प्रस्ताव प्रारम्भ गर्ने कुनै योजना नभएको यसले बिहीबार आफ्नो वीच्याट खातामार्फत जानकारी दिएको छ।

“नियामकहरूको निर्देशनमा, हामी हाम्रो सुधार कार्यमा निरन्तर अगाडि बढ्नमा केन्द्रित छौं र आईपीओ सुरु गर्ने कुनै योजना छैन,” ज्याक माको एन्ट ग्रुपले संक्षिप्त बयानमा भनेको छ।

यसअघि अलिबाबा ग्रुप अन्तरगतको समूहले चिनियाँ नियामकबाट व्यापक दबाब र अनुसन्धान भोगेको थियो। जसमा सरकारले कम्पनीको आईपीओ ल्याउन नै रोक लगाएको थियो।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार