
काठमाडौं ।
एप्पल र सामसङ जस्ता निर्माताहरूले रुसमा नयाँ बिक्री रोकेका र पश्चिमी प्रतिबन्धहरूले रुसी अर्थतन्त्रमा असर परेकोले मे महिनामा रूसी स्मार्टफोन बजारमा चीनको बजार हिस्सा उल्लेखनीय रूपमा उकालो लाग्यो।
मोबाइल नेटवर्क एमटीएसले साझा गरिएको डाटाअनुसार चिनियाँ निर्माताहरू शाओमी, रियलमी र अनरले मे २०२२ मा रूसको स्मार्टफोन बिक्रीको ४२ प्रतिशत हिस्सा ओगटेको रोयटर्सले रिपोर्ट गरेको छ। जुन गत वर्षको सोही महिनामा २८ प्रतिशत थियो।
दक्षिण कोरियाको सामसङले गत वर्ष २८ प्रतिशतको तुलनामा १४प्रतिशत डिभाइसहरू बेचेको र एप्पलको सेयर १२ प्रतिशतबाट ९ प्रतिशतमा झरेको छ।
पश्चिमी प्रतिबन्धहरू र आपूर्ति श्रृंखला अवरोधहरूले रूसको उपभोक्ता अर्थतन्त्रलाई गम्भीर रूपमा असर गरेकोले समग्र स्मार्टफोन बिक्री वर्ष-दर-वर्ष २६ प्रतिशत घटेको एमटीएसले जनाएको छ।
मस्कोले फेब्रुअरीको अन्तमा युक्रेनमा आफ्नो सेना पठाएपछि एप्पल र सामसङले रसियामा नयाँ उत्पादन बिक्री बन्द गरे, तर खुद्रा विक्रेताहरूले अवस्थित स्टकहरू प्रयोग गर्न सक्षम भएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार