काठमाडौं ।
चिनियाँ विद्युतीय सवारी निर्माता नियोले सन् २०२४ बाट आफैंले विकास गरेको ब्याट्री प्याक प्रयोग गर्ने भएको छ।
टेस्ला लगायतका प्रतिस्पर्धीलाई टक्कर दिने तथा नाफा बढाउन उद्देश्यले यस्तो निर्णय गरिएको रोयटर्समा उल्लेख छ।
नियोले ८०० भोल्टको ब्याट्री प्याक २०२४ को मध्यतिर उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष विलियम लिले बिहीबार बताएका छन्।
अधिकांश सवारी साधनहरु ४ सय भोल्टको ब्याट्रीले चल्छ भने पोर्शको टेकन विद्युतीय कार भने छिटो रिचार्ज हुने ८ सय भोल्टको लिथियम आयन ब्याट्री प्याकबाट चल्ने रोयटर्सले जनाएको छ।
४ सय कर्मचारीले उक्त ब्याट्री प्रविधिको विकास तथा अनुसन्धान गरिरहेको लिले बताए।
कम्पनीले दीर्घकालीन रुपमा टेस्लाले गरे झैं आफैंले बनाएको र अन्य कम्पनीले बनाएको ब्याट्री प्याक प्रयोग गर्ने सोच राखेको छ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार