धरानमा आविष्कार केन्द्रको शाखा खोल्ने घोषणा, केन्द्र सकारात्मक

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन्।

यसका लागि काठमाडौंको कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा  स्थापना हुनेबारे केन्द्रका प्रमुख डा महावीर पुनसँग कुराकारी भइरहेको बुझिएको छ।

सन् २०१२ मा पुनले स्थापना गरेको केन्द्रले विज्ञान, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि लगायतका क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दै स्थानीय प्रतिभाहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने मौका प्रदान गर्दै आइरहेको छ।

धरानमा शाखा खोल्नेबारे राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनले भने, ‘धरानबाट यसबारेमा फोन आएको थियो। मैलै ‘हुन्छ, हामी सकारात्मक छौं’ भनेको छु। त्योभन्दा अगाडि विस्तृत कुरा हुन पाएको छैन।’

केन्द्रका अध्यक्षको यो भनाइले आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्न गृहकार्यमा जुटेको भनी मेयर साम्पाङले दिएको जानकारीलाई पुष्टि गरेको छ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया