आगामी १२ महिनामा एक्सबक्सले पाँच नयाँ गेम सार्वजनिक गर्ने

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार
आगामी १२ महिनामा एक्सबक्सले पाँच नयाँ गेम सार्वजनिक गर्ने

काठमाडौं ।

माइक्रोसफ्टको गेमिङ कम्पनी एक्सबक्सले आगामी १२ महिनामा ५ नयाँ गेम सार्वजनिक गर्ने भएको छ।

कम्पनीले २०२२ मा एक्सबक्स कन्सोल, पीसी र क्लाउड प्लेटफर्मका लागि पनि ५ वटा गेम्स सार्वजनिक गरेको छ। जसमा हेलो इन्फिनिटी, फ्रोजा होराइजन ५, ब्रेन नेभिगेटर २, एज अफ एम्पायर्स ४ र माइक्रोसफ्ट फ्लाइट सेमुलेसन गेम छ।

कम्पनीले आगामी वर्ष थप ५ वटा नयाँ गेम ल्याउन लागेको गिगचाइनाले उल्लेख गरेको छ। गुणस्तरिय गेम्स निर्माण गरेको भनेर मेटाक्रिटिकबाट एक्सबक्स स्टुडियोले वर्षको उत्कृष्ट प्रकाशकको पुरस्कार पनि प्राप्त गरेको छ।

कम्पनीले बेथस्डा गेम स्टुडियो र आर्केन्स रेडफल सार्वजनिक गर्न केही ढिलाइ गरेको छ। अब यी गेम सन् २०२३ को मध्यमा सार्वजनिक गरिने छ।

यी दुई गेम बाहेक माइक्रोसफ्टले अन्य गेम पनि गेमरका लागि ल्याउने छ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...