
काठमाडौं ।
गुगल म्याप्स प्रयोग गरेर हावाको गुणस्तर जाँच गर्न सकिने भएको छ।
हावाको गुणस्तर जाँच्न गुगल म्याप्समा नयाँ एयर क्वालिटी इन्डेक्स (एक्यूआई) फिचर थप गरिएको छ। यसले गुगल म्याम्स प्रयोगकर्तालाई हावाको गुणस्तर कस्तो छ भन्ने जानकारी प्रदान गर्ने गिगचाइनाले उल्लेख गरेको छ।
गत वर्ष यो फिचर पूर्वावलोकन गरिएको थियो। अब यो सुविधा अमेरिका, भारतलगायत विश्वका धेरै क्षेत्रमा उपलब्ध छ।
गुगल म्याप्समा लेयर आइकन थिचेर एक्यूआई जाँच गरेर हावाको गुणस्तर थाहा पाउन सकिन्छ।
एयर क्वालिटी भ्यूमा स्विच गर्दा गुगल म्याप्सले जुम गरेर फराकिलोे क्षेत्रको हावाको गुणस्तर देखाउँछ। थप जुम इन गरेर आफूले चाहेको स्थानको हावाको गुणस्तर हेर्न सकिन्छ।
एयर क्वालिटी स्कोर र मिल्दो कलर कोड गरिएको डटको रुपमा नजिकको एयर क्वालिटी मोनिटरिङ स्टेशन सानो बबलमा देखा पर्छ। बबलमा क्लिक गर्दा अन्तिम पटक अद्यावधिक गरिएको जानकारी प्राप्त हुन्छ।
गुगल म्याप्स १० मिलियनभन्दा धेरै पटक डाउनलोड भइसकेको छ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार