एमआईटी ड्रप आउट वाङ, २५ वर्षमै ‘सेल्फ मेड’ अर्बपति

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार
एमआईटी ड्रप आउट वाङ, २५ वर्षमै ‘सेल्फ मेड’ अर्बपति

काठमाडौं ।

फोर्ब्स  म्यागजिनले अमेरिकाका अलेक्जेन्डर वाङलाई संसारकै सबैभन्दा युवा सेल्फ मेड अर्बपति घोषित गरेको छ।

२५ वर्षका एसियाली मुलका वाङको अर्बपति बन्ने यात्रा उनको उमेर जतिकै सानो छ। गणितमा रुचि भएका उनी ६ कक्षादेखि नै नेशनल म्याथ र कोडिङ प्रतिस्पर्धामा सहभागी हुन्थे। डिज्नी वर्ल्डको निःशुल्क टिकट पाउनका लागि उनी यस्तो गर्थे।

उनले प्रतिस्पर्धा जित्न सकेनन्, तर कोडिङ प्रतिको उनको लगाव भने बढ्दै गयो। १७ वर्षको उमेरमा प्रश्नको उत्तर दिने वेबसाइट क्वोराका लागि फुल टाइम कोडिङ गर्न थाले।

यसैबीच मशीन लर्निङ अध्ययन गर्न म्यासचुसेट्स इन्स्टिुच्युट अफ टेक्नोलोजी भर्ना भए। एक वर्ष अध्ययन गरेपछि गर्मीको छुट्टीमा लुसी ग्युओसँग मिलेर ‘स्केल एआई’ कम्पनी शुरु गरे। फोर्ब्सका अनुसार यी दुईको भेट क्वोरामै भएको थिए।

लगानी जुट्यो कलेज छुट्यो

एमआईटीको अध्ययन बिचमा चटक्कै छोडेर कम्पनी शुरु गर्ने निर्णय लिन वाङका लागि सजिलो थिए। उनका आमाबुवा छोराले पढाई छोडोस् भन्ने चाहदैनन् थिए।

वाङले आमाबुवालाई सम्झाउँदै भनेका थिए, ‘गर्मीको छुट्टीमा मात्र यो काम गर्नेछु। कलेज शुरु भएपछि छोडिदिन्छु।’

उनले आमाबुवालाई दिएको वचन भने पुरा हुन सकेन। वाङको कम्पनीलाई फन्डिङ प्राप्त भयो। र, उनी त्यसपछि कलेज जान पाएनन्।

वाङलाई शुरुवातमै सफलता मिलेसँगै आमाबुवाले पनि सहयोग तथा प्रोत्साहित गर्न थाले। गणित तथा विज्ञानमा उनको रुची सानै उमेरदेखि थियो। उनको भौतिकशास्ती आमाबुवा अमेरिकाको नेशनल ल्याबमा सेनाका लागि हतियार बनाउने प्राजेक्टमा काम गर्ने काम गर्ने गर्दथे। यहि ल्यावमा अमेरिकाले दोस्रो विश्व युद्धका लागि पहिलो परमाणु बम बनाएको थियो।

हाल वाङ एआईको माध्यमबाट सेनाको मद्दत गरिरहेका छन्।

३०० भन्दा बढी कम्पनीको लागि डाटा एनालाइसिस

वाङको कम्पनीले मानिसको क्षमता भन्दा अधिक गतिमा स्याटेलाइट इमेजको विश्लेषण गर्न सक्षम छ। भर्खरै उनको कम्पनीले यूक्रेनको विश्लेषण गर्दै रुसी हमलाका कारण भएको नोक्सानीको विवरण पनि उपलब्ध गराइसकेको छ।

फोर्ब्सका अनुसार वाङले अमेरिकी एयरफोर्स, आर्मी, जनरल मोटर्सलगायत ३०० भन्दा बढी कम्पनीको डाटा एनालाइसिस गरेका छन्।

६ वर्ष अघि शुरु गरिएको थियो कम्पनी

वाङले ६ वर्षअघि आफ्नो पहिलो कम्पनी शुरु गरेका थिए। हालसम्म उनको कम्पनीले ११० मिलियन अमेरिकी डलर बराबरको ३ वटा परियोजना सम्पन्न गरिसकेको छ। उनले एआईका माध्यमबाट अमेरिकी एयर फोर्स र आर्मीलाई सहयोग गर्दै आइरहेका छन्।

गत वर्ष कम्पनीले ३२५ मिलियन अमेरिकी डलर फन्डिङ प्राप्त गरेको थियो जसबाट कम्पनीले १०० मिलियन अमेरिकी डलर रेभेन्यू जेनेरेट गरेको थियो।

हाल कम्पनीको भ्यालु ७.३ बिलियन अमेरिकी डलर छ। वाङसँग कम्पनीको १५ प्रतिशत सेयर छ। यसअनुसार वाङको कुल सम्पत्ति करिब १ अर्ब अमेरिकी डलर रहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार