
काठमाडौं ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले २०७८ मंसिर १ गते विद्युतीय राहदानी उपलब्ध गराउँदै आइरहेको छ। गत मंसिर १ गतेअघि मशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएको थियो।
विद्युतीय बनाउन अघि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ। विद्युतीय राहदानी प्राप्त गर्न अनिवार्य रुपमा अनलाइन आवेदन दिनु पर्छ। अनलाइनबाट राहदानी लिने मिती र समय बुक गर्न सकिन्छ।
एमआरपी बनाउन जस्तै ई–पासपोर्ट बनाउन पनि उतिनै शुल्क लाग्ने छ। विभागको वेबसाइटमा नयाँ पासपोर्ट बनाउन वा पुरानो नवीकरणका लागि कति दिन भित्र बनाउने हो त्यो अनुसार शुल्क तोकिएको छ।
तीन दिनमा राहदानी लिन १० हजार, दुई दिनमा राहदानी लिने १२ हजार र एक दिनमा राहदानी लिने १५ हजार रुपैयाँ तोकिएको छ।
आवेदकको गल्तीले बिग्रिएर पुन राहदानी बनाउनु परेमा तीन दिनमा लिन ५ हजार, दुई दिनमा लिन ७ हजार र एक दिनमा लिन १० हजार रुपैयाँ तोकिएको छ।
विभागको गल्तीले बिग्रिएर पुन राहदानी बनाउन भने थप शुल्क लाग्दैन। यदि एक वर्ष नाघेमा भने नियमानुसार शुल्क लाग्ने छ।
हराएको, बिग्रिएको र च्यातिएको हकमा
हराएको,, बिग्रिएको र च्यातिएको राहदानी तीन दिनमा लिन १५ हजार, दुई दिनमा लिन १७ हजार र एक दिनमा लिन २० हजार रुपैयाँ तोकिएको छ।
१० वर्ष मुनिका नाबालकको हकमा
१० वर्ष मुनिका नाबालकले राहदानी तीन दिनमा लिन ५ हजार, दुई दिनमा लिन ७ हजार र एक दिनमा लिन १० हजार रुपैयाँ तोकिएको छ। नाबालको राहदानी आवेदकको गल्तीले बिग्रिएर पुन बनाउनु परेमा तीन दिनमा लिन २ हजार ५००, दुई दिनमा लिन ४ हजार ५०० र एक दिनमा लिन ७ हजार ५०० रुपैयाँ तोकिएको छ।
नाबालको हराए, बिग्रए, च्यातिए
नाबालको राहदानी हराए बिग्रिए, च्यातिएको राहदानी तीन दिनमा लिन १० हजार, दुई दिनमा लिन १२ हजार र एक दिनमा लिन १५ हजार रुपैयाँ तोकिएको छ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार