एएमडीका सीईओसहित ६१ अमेरिकी टेक कम्पनीका प्रमुख माथि रुसी प्रतिबन्ध

  • Technology Khabar | २७ जेष्ठ २०७९, शुक्रबार
एएमडीका सीईओसहित ६१ अमेरिकी टेक कम्पनीका प्रमुख माथि रुसी प्रतिबन्ध

काठमाडौं ।

रुसी विदेश मन्त्रालयले हालै ठूला अमेरिकी प्रविधि कम्पनीका प्रमुखसहित ६१ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धको सामना गर्नेको शीर्ष सूचीमा एएमडीका अध्यक्ष तथा सीईओ लिसा सु छिन्। उनीहरु माथि रुस प्रवेशमा स्थायी प्रतिबन्ध लगाइएको गिगचाइनाले उल्लेख गरेको छ।

प्रतिबन्धको सूचीमा पर्नेहरु कुनै कारणले पनि रुसमा प्रवेश गर्न पाउँदैनन्। अमेरिकाले रुसका सार्वजनिक व्यक्तित्व र रुसी कम्पनीका प्रतिनिधिहरु माथि गरेको प्रतिबन्धको प्रतिक्रियामा सो निर्णय लिइएको हो।

रुस-युक्रेन युद्धको समयमा गत मार्चमा एएमडीले आफ्नो उत्पादन रुसबाट फिर्ता लिन र थप ढुवानी नगर्ने निर्णय लिएको थियो। यद्यपि इन्टेल र एनभिडियाल पनि सोही नीति अबलम्बन गरेको थियो। तर यी कम्पनीका प्रमुखहरुको नाम प्रतिबन्धको सूचीमा छैन।

उनीहरु माथि प्रतिबन्ध लगाउने रुस मात्र एउटा देश भएकाले यसको ठूलो प्रभाव नहुने गिगचाइनाले लेखेको छ।

प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार