सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’ सेवा

Technology Khabar २६ जेष्ठ २०७९, बिहीबार

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ। ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो।

ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन्। उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नु पर्नेछ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो।

सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ ओटा एटिएम संचालनमा रहेको जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया