
काठमाडौं ।
नेपालमा मोबाइल पब्जी गेम बन्द गर्न सरकारसँग सांसदले माग गरेका छन्। बिहिबार प्रतिनिधि सभामा बोल्दै सांसद दिलकुमारीले नेपालमा पब्जी गेममाथि प्रतिबन्ध लगाउन माग गरेको छ।
उनले भारतमा पब्जी गेमको लतमा रहेको एक १६ वर्षे किशोरले आफ्नी आमाको हत्या गरेको भन्दै नेपालमा सो गेमलाई प्रतिबन्ध लगाउन माग गरेकी हुन्।
केहि दिनअघि मात्र भारतमा एक १६ वर्षे किशोरले आमाको गोली हानी हत्या गरेपछि पनि दुई दिन आफ्नी ९ वर्षीया बहिनीसँग घरमै बसेको थियो।
हाल उनलाई प्रहरीले पक्राउ गरिसकेको छ र सोधपुछ गरिरहेको बताईएको छ।
यसअघि पनि नेपालमा सरकाले पब्जी मोबाइल गेम बन्द गराईसकेको छ तर सो प्रतिबन्ध सर्वोच्चको आदेशपछि एक दिनमा नै खारेज भएको थियो।
देशभित्र पब्जी फ्रि-फायरलगायतका ब्याटल गेममाथि प्रतिबन्ध लगाउन बेला -बेलामा माग हुँदै आएको छ।
सम्बन्धित समाचार-
पब्जी मोबाइल गेम खेल्न नदिएको भन्दै भारतमा किशोरद्धारा आमाको हत्या
प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार