मोबाइल वालेट खल्तीको सेवा ४ घण्टा ठप्प, यस्तो छ कारण

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
मोबाइल वालेट खल्तीको सेवा ४ घण्टा ठप्प, यस्तो छ कारण

काठमाडौं ।

मोबाइल वालेट सेवा खल्तीको सेवा आज दिउँसो करिब ४ घण्टा डाउन भएको छ। बिहीबार १२ बजेदेखि ४ बजेसम्म सर्भर डाउन हुँदा सबै सेवा अबरुद्ध भएको हो।

सो अवधिमा ग्राहकहरुले वालेको सेवा प्रयोग गर्न पाएका थिएनन भने रकम पठाउने तथा वालेट लोड गर्ने लगायतका सबै काममा समस्या आएको थियो।

कम्पनीको सर्भर नै डाउन हुँदा आज समस्या भएको खल्तीका एक कर्मचारीले जानकारी दिएका छन्।

‘सर्भर क्र्याश हुँदा ४ घण्टा सेवा अवरुद्ध भयो,’ ती कर्मचारीले भने, ‘समस्या समाधान गरेर सेवा शुरु भइसकेको छ।’

तर के कारणले सर्भर क्र्याश भयो भन्ने जानकारी उनले दिएनन्।

कम्पनीले सेवा शुरु भएको जानकारी प्रयोगकर्तालाई केहि समय अघिदेखि नोटिफिकेसन पठाएर पनि गराएको छ।

कम्पनीको सूचनामा लेखिएको, ‘केहि समयमा लागि अवरुद्द भएको खल्तीको सेवा सुचारु भएको अवगत गराउन चाहन्छौं। साथै, यस समयमा धैर्यधारण गरिदिनु भएकोमा आभार व्यक्ति गर्दछौं।’

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार