नेपाल टेलिकमको ‘एनटीटीभी’ एपको परीक्षण शुरु, फ्रि टु एयर च्यानलहरु निःशुल्क हेर्न सकिने

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
नेपाल टेलिकमको ‘एनटीटीभी’ एपको परीक्षण शुरु, फ्रि टु एयर च्यानलहरु निःशुल्क हेर्न सकिने

काठमाडौं ।

नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ। सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ।

उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने कम्पनीले उल्लेख  गरेको छ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ। यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ।

एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु नपर्ने टेलिकमले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...