आईफोनमा वाईफाईको पासवर्ड हेर्न सकिने सुबिधा

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
आईफोनमा वाईफाईको पासवर्ड हेर्न सकिने सुबिधा

काठमाडौं ।

एप्पल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२२ मा नयाँ आईफोन सफ्टवेयर आईओएस १६ को फिचरको बारेमा जानकारी दिएको छ।

आईओएस १६मा वाईफाई पासवर्ड देख्न सकिने फिचर उपलब्ध गराएको छ। यस अघि एप्पलले आफ्नो कुनै पनि आईफोनमा वाईफाईको पासवर्ड हेर्न सक्ने सुविधा उपलब्ध गराएको थिएन्।

यो सुविधाले फोनमा वाईफाई जोडिएको तर पासवर्ड थाहा नभएकालाई राहत प्रदान गर्ने सीनेटले उल्लेख गरेको छ।

आईओएस १६ आईफोन प्रयोगकर्ताले वाईफाई नेटवर्कसँग जोडिएको पासवर्ड हेर्न र सेयर गर्न सक्नेछन्।

सोमबार रातीदेखि शुरु भएको डब्ल्यूडब्ल्यूडीसीमा यस विषयका प्रत्यक्ष रुपमा घोषणा गरिएको थिएन। तर यो सुविधा आईओएस १६ बिटा भित्र पाउन सकिन्छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...