१ टीबी स्टोरेजयुक्त ग्यालेक्सी जेड फोल्ड४ ल्याउँदै सामसङ

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
१ टीबी स्टोरेजयुक्त ग्यालेक्सी जेड फोल्ड४ ल्याउँदै सामसङ

काठमाडौं ।

सामसङको आउँदै गरेको ग्यालेक्सी जेड फोल्ड४ मा १ टीबी स्टोरेज आउने भएको छ।

हालै बाहिर आएका रुमरहरुका अनुसार यो स्टोरेज यसअघि आएको जेड फोल्ड३ को दोब्बर भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो डिभाइसको मूल्य कति हुनेछ भन्ने पक्का भएको छैन तर यसको ५१२ जीबी भेरियन्टको १८९९ हुने र त्यसपछिको १ टीबी भेरियन्टको १९९९ देखि २०९९ सम्म हुन सक्ने अपेक्षा गरिएको छ।

यसअघि जेड फोल्ड४ स्मार्टफोन जेड३ भन्दा हलुका हुने र स्न्यापड्रागन ८+ जेन १ चिपसेटसहित आउने बताइएको थियो।

यसबाहेक यव डिभाइसको ब्याट्री ब्याकअप ४४०० एमएएच रहने पनि चर्चा चलेको थियो।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार