यूक्रेनमा आकस्मिक फूड डेलिभरी गर्दै उबर

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
यूक्रेनमा आकस्मिक फूड डेलिभरी गर्दै उबर

काठमाडौं ।

राइड शेयरिङ कम्पनी उबरले यूक्रेनमा खाद्य तथा पानी डेलिभरी गर्नका लागि आफ्नो डेलिभरी प्लेटफर्मको प्राइभेट भर्सन तयार पारेको छ।

कम्पनीले यसका लागि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग सहकार्य गरेको छ।

युद्धका कारण संरचना भत्केकाले यूक्रेनका कतिपय भागमा ठूला डेलिभरी ट्रक जान नसक्ने भएकाले उबरले यस्तो निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ।

उबरको प्लेटफर्मले विश्व खाद्य कार्यक्रमलाई साना सवारीहरुको समूह व्यवस्थापन गर्न सघाउने बुझिएको छ।

विश्व खाद्य कार्यक्रमले आफ्नै चालक र सवारी राखेको छ तर केही उबर चालकहरु भने रुसी हमलाअघि यूक्रेनमा काम गरेकाहरु रहेका बुझिएको छ।

उबरका प्रमुख दारा खोश्रोशाहीले आफ्नो कम्पनीले विश्व खाद्य कार्यक्रमलाई उनीहरुको निजी स्तरको उबर उपलब्ध गराएको बताएका छन्।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार