
काठमाडौं ।
नेपाल टेलिकमको बोर्डमा कर्मचारी प्रतिनिधिको लागि ८ जनाले उम्मेदवारी दाबी गरेका छन्।
सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको बोर्ड सदस्यमा नियुक्त हुने एक सदस्यमा कर्मचारीतर्फबाट प्रतिनिधिका लागि यहि यही जेठ २७ गते निर्वाचन हुने तय भएको छ।
सो प्रतिनिधिमा कर्मचारीहरुमध्येबाट ८ जनाले उम्मेदवारीको घोषणा गरेका छन् ।
सो उम्मेदवारीमा टेलिकमका विरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेश कुमार कर्ण, यादव प्रसाद पनेरु, रंजित लोहिया, शंकर लामिछाने, सुनिल कुमार मिश्र र सुभाष शाह रहेका छन्।
यसमध्ये लामिछाने काँग्रेस निकट कर्मचारी संघमा आबद्ध रहेका छन भने पनेरु एमाले निकट कर्मचारी संगठनमा आबद्ध रहेको बताईएको छ।
त्यसैगरी लोहिया हाल टेलिकमको उप प्रबन्धक तथा सह प्रवक्ताको रुपमा कार्यरत छन्।
प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार