फेसबुको चिफ इन्फर्मेसन सेक्युरिटी अफिसरमा गाय रोजन नियुक्त

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
फेसबुको चिफ इन्फर्मेसन सेक्युरिटी अफिसरमा गाय रोजन नियुक्त

काठमाडौं ।

फेसबुको मुख्य कम्पनी मेटाले उपाध्यक्ष गाय रोजनलाई चिफ इन्फर्मेसन सेक्युरिटी अफिसर (सीआईएसओ)को उपाध्यक्षमा नियुक्त गरेको छ। रोजन यो पदमा नियुक्त हुने पहिलो व्यक्ति हुन्।

यस अघि रोजन इन्ट्राग्रिटीको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्। रोजन सन् २०१३ देखि फेसबुकसँग आबद्ध रहेको रोयटर्सले उल्लेख गरेको छ।

उनले फेसबुको इन्टरनेट डट ओआरजी प्रोगाममा काम गर्दै आइरहेका थिए। यो प्रोजेक्टको उद्देश्य अनलाइन एक्सेस नभएका व्यक्तिलाई फेसबुकसँगको सम्पर्कमा ल्याउनु रहेको थियो।

रोजनले यो कुराको पुष्टि गर्दै ट्विटरमा लेखेका छन्, ‘हाम्रो सेवा प्रयोगकर्ताको सुरक्षा, कम्पनीले सामना गर्ने सुरक्षा जोखिमको सामना गर्न तयार छु। नयाँ भूमिका निर्वाह गर्न पाउँदा गौरवान्वित छु र आगामी कामका लागि उत्सहित छु।’

विगतमा चिफ सेक्युरिटी अफिसरका रुपमा एलेक्स स्टामोस कार्यरत रहेको थिए। उनले सन् २०१८ को अगष्टदेखि कम्पनी छोडिसकेका छन्। त्यसपछि उनी कम्पनी र सीईओ मार्क जुकरबर्गको आलोचना गर्दै आइरहेका छन्।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार