वैश्विक सेमिकन्डक्टरको बिक्री अप्रिलमा उल्लेख्य वृद्धि: रिपोर्ट

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
वैश्विक सेमिकन्डक्टरको बिक्री अप्रिलमा उल्लेख्य वृद्धि: रिपोर्ट

काठमाडौं ।

यो वर्षको अप्रिल महिनामा सेमिकन्डक्टरको विश्वव्यापी बिक्री ५०.९ अर्ब डलर बराबर पुगेको छ।

यो आँकडा अघिल्लो वर्षको सोही अवधिको ४२ अर्ब डलरको तुलनामा २१.१ प्रतिशत तथा मार्च २०२२ को ५०.६ अर्ब डलरको तुलनामा भने ०.७ प्रतिशतले बढेको डिजिटाइम्सले उल्लेख गरेको छ।

यो तथ्याङ्क सेमिकन्डक्टर इन्डस्ट्री एसोसियशन एसआईएले जारी गरेको हो।

यो आँकडामा २०२१ मा अमेरिकी बजारमा ४०.९ प्रतिशत, यूरोपमा १९.२ प्रतिशत, जापानमा १८.५ प्रतिशत, एसिया प्रशान्त तथा अन्य क्षेत्रमा १८.१ प्रतिशत तथा चीनमा १३.३ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ।

मासिक आधारमा भने उक्त बिक्री अमेरिकामा ३.१ प्रतिशत, जापानमा १.६ प्रतिशत, एसिया प्रशान्त र अन्य क्षेत्रमा १.२ प्रतिशत वृद्धि भएको तर चीनमा ०.६ प्रतिशत तथा यूरोपमा ३.३ प्रतिशत गिरावट आएको डिजिटाइम्सले उल्लेख गरेको छ।

‘वैश्विक सेमिकन्डक्टरको बिक्री वार्षिक हिसाबले लगातार १३ महिनासम्म २० प्रतिशतले बढेको छ। यसले गम्भीर क्षेत्रहरुमा सेमिकन्डक्टरको माग लगातार रुपमा उच्च र आकाशिँदो रहेको इंगित गर्दछ’, एसआईएका अध्यक्ष तथा सीईओ जोन न्यूफरले भने।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...